प्रवासी एकता मञ्च अष्ट्रियाले देखायो ‘छक्का पञ्चा ३’

Austria nepali
लाेकपाटी न्यूज

अष्ट्रिया, १९ कात्तिक । प्रवासी एकता मञ्च, अष्ट्रियाले आइतबार भिएनामा नेपाली सन्देशमुलक चलचित्र ‘छक्का पञ्चा ३’ देखाएको छ ।

नेपाली फिल्मको प्रवद्र्धन र विकासका लागि विदेशमा बसेका नेपालीहरुले सहयोग र सद्भाव बढाउने उद्देश्यले उक्त फिल्म देखाइएको प्रवासी नेपाली मञ्चका प्रस्तावित अध्यक्ष धर्मराज खतिवडाले बताए ।

उनका अनुसार कार्यक्रममा लगभग दुई सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा राजदूतावासका सम्पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको खतिवडाले जानकारी दिए ।