भरतपुर महानगरले गर्‍यो सप्ताहव्यापी सरसफाई अभियान (फोटोफिचर)

Renu Dahal03
लाेकपाटी न्यूज

चितवन, १९ कात्तिक । नारायणगढको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अगुवाईमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाई गरिएको छ । महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो हप्ताको सप्ताहव्यापी सरसफाई अभियान चलाइएको हो ।

Renu Dahal01

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पनि सहभागिता रहेको थियो । त्यस्तै सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाईको क्षेत्रमा काम गरिरहेका अभियान्ताहरुको उपस्थिती रहेको थियो ।

सरसफाईका क्रममा राजमार्गमा रात्रीकालिन समयमा फालिएका फोहरहरु गुट्खा, चाउचाउ, विस्कुट तथा किराना पसलजन्य फोहरहरु पाइएको थियो । महानगरपालिकाले विभिन्न सरसफाईका क्षेत्रमा काम गरिरहेका संस्था, नागरिक अगुवाहरुको सहयोगमा यो अभियानलाई साप्ताहिक रुपमा हरेक सोमबार गर्दै जाने बताएको छ । फोहरलाई संकलन गर्दै फोहर गर्न हुँदैन भन्ने जनचेतना अभिवृद्धि गर्न महानगरले सकृयता बढाउँदै गएको छ । सरसफाईका क्रममा व्यवसायीहरुले दैनिक घरयासी फोहरहरु पनि सडकमै फाल्ने गरिएको पाइएको थियो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले बजार क्षेत्रमा गरिएको सरसफाईसँगै व्यवसायीहरुलाई अभियानको बारेमा जानकारी दिएको सफल खबरलाई जानकारी दिए ।

‘फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छौ,’ मेयर दाहालले भनिन्, ‘जनसमुदाय तथा व्यवसायीलाई आफ्नो फोहर नगर्न अपिल गरेका छांै । आग्रह नमान्ने, अटेर गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने छ ।’

मेयर दाहालले भरतपुर महानगरले मात्र सरसफाईको काम गर्न नसक्ने भन्दै फोहर गर्न भन्दा पनि फोहर नै गर्न हुन्न भन्ने सचेताको विकास हुनुपर्ने बताए ।

महानगरपालिकाले सुन्दर, स्वच्छ र शान्त महानगर बनाउने सोचका साथ अघि बढिरहेको भन्दै उनले अटेर गर्दै फोहर गरिएको पाइएमा भरतपुर महानगरको कार्यपालिका बैठक बसेर नयाँ कानून निर्माण गर्ने जानकारी दिए ।