यौन दूर्व्यवहारविरुद्ध प्रतिकार गर्न युवतीलाई तालिम

लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक । बलात्कार तथा महिला हिंसाको घटना बढ्दै गएपछि निर्मला पन्तको जिल्ला कञ्चनपुरमा बलात्कारविरुद्ध प्रतिकार गर्न प्रशिक्षण दिइएको छ ।

महिला हिंसा तथा यौन दूर्व्यवहार हुनबाट बच्न युवतीहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।

सेल्फ डिफेन्स मार्सल आर्ट एसोसियसनका प्रमुख प्रशिक्षक सुरेन्द्रसिंह विष्टले खास गरेर बलात्कारीको प्रतिकार गर्न महिला तथा किशोरीहरुलाई प्रशिक्षण दिएको उल्लेख गरे ।