अस्पतालको आइसियूमै युवतीमाथि बलात्कार

rape case
लाेकपाटी न्यूज

कार्तिक २० । दिन प्रतिदिन बलात्कारका घटना बढिरहेका बेला सोह्र वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छन् । उनको आइसियूमै बलात्कार भएको छ ।

सर्पले टोकेर भारतको उत्तर प्रदेशको बरेली अस्पतालमा आइसियु कक्षमा उपचार गराइरहेकी ती किशोरीलाई सोही अस्पतालका सेक्युरिटी र अन्य चार जना अज्ञात मानिसको समूहले बलात्कार गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिरामीको मन्दिर मानिने अस्पतालमै गम्भीर बिरामीमाथि बलात्कार भएको सम्भवत यो पहिलो घटना हो। किशोरी जनरल वार्डमा सिफ्ट भएपछि घटनाका बारेमा खुलासा भएको हो। यस्तो घटना होला भन्ने कमैले मात्र अनुमान गर्न सकिन्छ ।

सर्पको टोकाईबाट आइसियूमा भर्ना गरिएकी किशोरीलाई कसैले भेट्न जान पाइने थिएन । सोही समयमा आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको उनका बाबुले बताएका छन् ।

यस विषयमा प्रहरीले आइसियूमा भर्ना भएका बिरामी र अस्पतालको फुटेज हेरर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्