‘व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै छ’ : मुख्यमन्त्री पोखरेल

Shankar-Pokhrel-1-1
लाेकपाटी न्यूज

घोराही, २० कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् ।

सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा मंगलबार भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेल अपराधको पहिचान गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताए ।

मुख्यमन्त्री पोखरेलले नागरिकको आवाजलाई सरकार समक्ष पु¥याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने बताए । अबको समय विकास र समृद्धिको भएको भन्दै उनले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध हो भने ।