लक्ष्मी जयन्तीलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

kp-oli-copy
लाेकपाटी न्यूज

स्वास्थ्य ठीक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी दिउसो एक बजे महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा ५ दिन उपचार गराएका प्रधानमन्त्री ओली त्यसपछि निवासमै आराम गरेर बसिरहेका छन् । उनलाई स्वास्थ्यमा सुधार आए पनि दौडधुप नगर्न चिकित्सकहरुले सुझाएका थिए ।

दशैंको दौडधुप, छातीमा संक्रमण, शरीरमा चिनीको मात्रामा आएको घटबड लगायत समस्याले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आए पनि यसअघि उनी सार्वजनिक कार्यक्रममा निस्केका थिएनन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीमा आयोजित समारोहलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।