आधुनिक वेदको इतिहास (चार वेद र उपवेद)

Ved bed
लाेकपाटी न्यूज

आधुनिक विचारधाराका अनुसार चार वेदहरूको विभाजन यसप्रकार गरिएको छ, (१) याज्ञिक, (२) प्रायोगिक र (३) साहित्यिक । वेदको सार उपनिषद र उपनिषदको सार ‘गीता’लाई मानिन्छ । यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन्, अर्काे कुनै छैन । स्मृतिहरूमा वेद वाक्यहरूलाई विस्तृत रूपमा व्याख्या गरिएको छ ।

वाल्मिकी रामायण र महाभारतलाई इतिहास तथा पुराणहरूलाई पुरातन इतिहासका ग्रन्थ मानिएको छ । विद्वानहरूले वेद, उपनिषद र गीताको पाठलाई नै उचित ठहर गरेका छन् । ऋषि तथा मुनिहरूलाई दृष्टा भनिएको छ भने वेदलाई ईश्वर वाक्य मानिएको छ । वेद ऋषिहरूका मन वा विचारका उपज होइनन् । ऋषिहरूले त त्यही लेखे वा भने, जुन उनीहरूले पूर्णजाग्रत अवस्थामा देखे, सुने र परख गरे ।

मनुस्मृतिमा श्लोकको माध्यमबाट के भनिएको छ भने वेद नै सर्वोच्च र प्रथम प्राधिकृत वस्तु हो । वेदले कुनै प्रकारको ऊँच–नीच, जात–पात, महिला–पुरुष आदिमा भेद गरेको छैन । ऋग्वेदका ऋचाहरूमा लगभग ४१४ ऋषिहरूको नाम पाइन्छ जसमा लगभग ३० नाम महिला ऋषिहरूको छ । जन्मका आधारमा जातिको विरोध ऋग्वेदको पुरुष–सुक्त, तथा श्रीमद्भागवत गीताको श्लोकमा पाइन्छ । श्लोक, ‘श्रुतिस्मृतिपुराणानां विरोधो यत्र दृश्यते । तत्र श्रौतं प्रमाणन्तु तयोद्वैधे स्मृतिर्तवरा ।।’ भावार्थ, ‘जुन ठाउँमा वेद र अन्य ग्रन्थहरूमा विरोध देखिन्छ, त्यहाँ वेद वाक्य नै मान्य हुनेछ–वेद व्यास ।’

प्रकाशभन्दा अधिक गतिशील तत्व अहिलेसम्म भटिएको छैन र न मनको गति नै मापन गरिएको छ । ऋषि–मुनिहरूले मनभन्दा पनि अधिक गतिमान किन्तु अविचल वस्तुको साक्षात्कार गरे र त्यसलाई ‘वेद वाक्य’ वा ‘ब्रह्म वाक्य’ बनाइदिए । वास्तवमा वेदको अध्ययन मनन र अनुभूतिविना सनातन धर्मको महिमा र गरिमा बुझ्न र बुझाउन सकिँदैन ।

वैदिक वाङ्मयको शास्त्रीय स्वरूप

द्वापरयुगको समाप्तिको पूर्व वेदहरूको उक्त चार विभाग अलग–अलग थिएनन् । त्यो समय त ऋक्, यजुः र साम (यिनी तीन शब्द) शैलीहरूको संग्रहात्मक एक विशिष्ट अध्ययनीय शब्द–राशि नै वेद भनिन्थ्यो । विश्वमा शब्द प्रयोग गर्ने तीन शैलीहरू हुन्छन्, जुन पद्य (कविता), गद्य र गानरूप भन्दा प्रसिद्ध छ । पद्यमा अक्षर, संख्या तथा पाद एवं विरामको निश्चित नियम हुन्छ । अतः निश्चित अक्षर, संख्या तथा पाद एवं विरामवाला वेद, मन्त्रहरूको संज्ञा ‘ऋक्’ हो ।

जुन मन्त्रहरूमा छन्दको नियमानुसार अक्षर, संख्या तथा पाद एवं विराम ऋषिदृष्ट छैन, उनी गद्यात्मक मन्त्र ‘यजुः’ भनिन्छ । र जति मन्त्र गानात्मक छन, त्यति मन्त्रलाई ‘साम’ भनिन्छ । यी तीन प्रकारका शब्द, प्रकाशन, शैलीहरूको आधारमा नै शास्त्र एवं लोकमा वेदको लागि ‘त्रयी’ शब्दको पनि व्यवहार गरिन्छ ।

वेदको पठनपाठनको क्रममा गुरुमूखदेखि श्रवण एवं सम्झना गर्ने वेदको संरक्षण एवं सफलताको दृष्टिले अत्यन्त महत्व छ । त्यही कारण वेदलाई ‘श्रुति’ पनि भन्छन् । वेद परिश्रमपूर्वक अभ्यासद्वारा संरक्षणीय छ, यस कारण यसको नाम ‘आम्नाय’ पनि हो ।

द्वापर युगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यासले यज्ञानुष्ठानको उपयोगलाई एक वेदको चार विभाग गरे र यिनी चारै विभागहरूको शिक्षा चार शिष्यहरूलाई दिए । यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ । पैल, वैशम्पायन, जैमिनि र सुमन्तु नामक (यी चार शिष्यहरूले शाकल आदि आफ्नो भिन्नभिन्न शिष्यहरूलाई पढाए । यी शिष्यहरूद्वारा आ–आफ्नो अधीत वेदहरूको प्रचार तथा संरक्षणको कारण उनी शाखाहरू तिनैको नामले प्रसिद्ध भइरहेको छ ।

कर्मकाण्डमा वर्गीकरण

वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिनु नै छ । अतः वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड विषयहरूको समग्रमा निरूपण गरिएको छ । वेदहरूको प्रारम्भिक भाग कर्मकाण्ड छ र त्यसमा ज्ञानकाण्ड भाग अधिक छ । जुन अधिकारी वैदिक विद्वानहरूलाई यज्ञ गराउने यजमानद्वारा अधिकार प्राप्त हुन्छ, तिनलाई ‘ऋत्विक’ भन्छन् । श्रौतयज्ञमा यिनी ऋत्विकोंको चार गण छन् । (१) होतृगण, (२) अध्वर्युगण, (३) उद्गातृगण तथा (४) ब्रह्मगण । उपर्युक्त चारै गणहरूको लागि उपयोगी मन्त्रहरूको संग्रहको अनुसार वेद चार भएका छन् ।

(१) ऋग्वेद : यसमा होतृवर्गको लागि उपयोगी मन्त्रहरूको संकलन छ । यसमा ‘ऋक्’ संज्ञक (पद्यवद्ध) मन्त्रहरूको अधिकताको कारण यसको नाम ऋग्वेद भयो । यसमा होतृवर्गको उपयोगी गद्यात्मक (यजुः) स्वरूपको पनि केही मन्त्र छन् ।

(२) यजुर्वेद : यसमा यज्ञानुष्ठान सम्बन्धि अध्वर्युवर्गको उपयोगी मन्त्रहरूको संकलन छ । यसमा ‘गद्यात्मक’ मन्त्रको अधिकताको कारण यसको नाम ‘यजुर्वेद’ छ । यसमा केही पद्यवद्ध, मन्त्र पनि छन्, जुन अध्वर्युवर्गको उपयोगी छन् । यजुर्वेदको दुई विभाग छन्, (क) शुक्लयजुर्वेद र (ख) कृष्णयजुर्वेद ।

(३) सामवेद : यसमा यज्ञानुष्ठानको उद्गातृवर्गको उपयोगी मन्त्रहरूको संकलन छ । यसमा गायन पद्धतिको निश्चित मन्त्र भएको कारण यसको नाम सामवेद हो ।

(४) अथर्ववेद : यसमा यज्ञानुष्ठानको ब्रह्मवर्गको उपयोगी मन्त्रहरूको संकलन छ । अथर्वको अर्थ छ कमिहरूलाई हटाएर ठीक गर्नु या कमिरहित बनाउनु । अतः यसमा यज्ञसम्बन्धि एवं व्यक्ति सम्बन्धि सुधार या कमिपूर्ति गर्ने मन्त्र पनि छ । यसमा पद्यात्मक मन्त्रहरूसँग केही गद्यात्मक मन्त्र पनि उपलब्ध छन् । यस वेदको नामकरण अन्य वेदहरूको भाँती शब्दशैलीको आधारमा छैन, अपितु यसको प्रतिपाद्य विषयको अनुसार छ । यस वैदिक शब्दराशिको प्रचार एवं प्रयोग मुख्यतः अथर्व नामको महर्षिद्वारा गरियो । यसैले पनि यसको नाम अथर्ववेद छ ।

वैदिक स्वर प्रक्रिया

वेदको संहिताहरू मन्त्राक्षरहरूमा ठाडो तथा तेर्सो रेखाहरू लगाएर उनको उच्च, मध्यम, वा मन्द संगीतमय स्वर उच्चारण गर्न संकेत गरिएका छन् । यिनको उदात्त, अनुदात्त र स्वारितको नामले अभिगित गरिएको छ । यो स्वर धेरै प्राचीन समयदेखि प्रचलित हो र महामुनि पतञ्जलीले आफ्नो महाभाष्यमा यिनको मूख्य–मूख्य नियमहरू समावेश गरेका छन् । वेदको असल मन्त्र भागको संहिता भन्छन् ।

(१) ऋग्वेद : यसमा देवताहरूको आह्वान गर्ने मन्त्रहरू छन् । यही सर्वप्रथम वेद हो, यो वेद मूख्यतः ऋषि मुनिहरूको लागि हुन्छ ।

(२) सामवेद : यसमा यज्ञमा गाउनको लागि संगीतमय मन्त्रहरू छन् । यो वेद मुख्यतः गन्धर्वहरूको लागि हुन्छ ।

(३) यजुर्वेद : यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य मन्त्रहरू छन् । यो वेद मूख्यतः क्षेत्रीयहरूको लागि हुन्छ ।

(४) अथर्ववेद : यसमा जादू, चमत्कार, आरोग्य, यज्ञको लागि मन्त्रहरू छन् । यो वेद मूख्यतः व्यापारीहरूको लागि हुन्छ ।

चार उपवेद

चार वेदका चार उपवेद छन्, धनुर्वेद, गान्धर्ववेद, आयुर्वेद, र अर्थवेद ।

चार भाग

हर वेदको चार भाग हुन्छन् । पहिले भाग (संहिता) को बाहेक हरेकमा टीका अथवा भाष्यको तीन स्तर हुन्छन् । कुल मिलाएर यो हो : (१) संहिता – मन्त्र भाग, (२) ब्राह्मण ग्रन्थ – गद्यमा कर्मकाण्डको विवेचना, (३) आरण्यक – कर्मकाण्डको पछिको उद्देश्यको विवेचना ।

उपनिषद – परमेश्वर, परमात्मा, ब्रह्म र आत्माको स्वभाव र सम्बन्धको धेरै नै दार्शनिक र ज्ञानपूर्वक वर्णन । यी चार भाग सम्मिलित रूपलाई श्रुति भनिन्छ, जुन हिन्दू धर्मको सर्वोच्च ग्रन्थ हो । बाँकी ग्रन्थहरू स्मृतिअन्तर्गत पर्दछन् ।

(क) धनुर्वेद

(१) विश्वामित्र रचित धनुर्वेदका चार पाद छन् । पहिले दीक्षा पाद, दोस्रो संग्रह पाद, तेस्रो सिद्ध पाद र चौथो प्रयोग पाद ।

(२) वैशम्पायनको रचित धनुर्वेदमा तरवार चलाउन सिकाइएको छ ।

(३) शिवजीले रचना गरेको धनुर्वेद, जसमा ६० हजार श्लोक छन् भनिएको छ ।

(४) द्रोणाचार्यले रचना गरेको धनुष प्रदीप नाम गरेको ग्रन्थमा ७ हजार श्लोक छन् ।

(५) परशुरामले रचना गरेको धनुष चन्द्रोदय नाम गरेको ग्रन्थमा ६० हजार श्लोक छन् ।

यी ग्रन्थहरुमा विभिन्न प्रकारका धनुष र बाण बनाउने र त्यसको प्रयोग विधि व्याख्या गरिएको छ ।

(ख) गान्धर्ववेद

गान्धर्ववेद सामवेदको उपवेद हो । अन्य उपवेदका बारेमा विभिन्न विवाद छन् । तर, यस उपवेदको बारेमा कुनै विवाद छैन र सबैले यसलाई एक स्वरले सामवेदको उपवेद स्वीकार गरेकोे छन् । सामवेद सांगीतिक वेद हो । सामवेदको वाष्र्णेय शाखाको उपवेद नै गान्धर्ववेद हो ।

यसका एक लाख ऋचाहरु छन् । जुन चौध प्रकरण अर्थात् काण्डमा विभाजन गरिएका छन् । संगीत रत्नाकर पनि उपवेद हो । यसका रचनाकार वामदेव महर्षि हुन् । यसमा २० हजार श्लोक छन् । गान्धर्व वेदका चार आचार्य प्रसिद्ध छन्, (१) सोमेश्वर, (२) भरत, (३) हनुमत्, र (४) मल्लिनाथ ।

(ग) आयुर्वेद

आयुर्वेदलाई ऋग्वेदको उपवेद भनिएको छ । तर, सुश्रुत संहितामा यसलाई अथर्ववेदको उपवेद भनिएको छ । चरकले चार वेदमध्ये अथर्ववेदसँग आयुर्वेद विशेष सम्बन्धित रहेको बताएका छन् । सुश्रुतका अनुसार ब्रह्माजीले एक लाख श्लोकको आयुर्वेद रचना गरेका थिए । यसमा एक सय अध्याय थिए । प्रजापतिले त्यसलाई ग्रहण गरे ।

प्रजापतिले त्यो अश्विनी कुमारलाई दिए । अश्विनी कुमारले इन्द्रलाई र इन्द्रदेवले महर्षि धन्वन्तरीलाई हस्तान्तरण गरे । धन्वन्तरीले सुश्रुतलाई दिएका हुन् । सुश्रुत संहिताको सबैभन्दा पुरानो पाण्डुलिपि नेपालमा सुरक्षित रहेको बताइन्छ । ब्रह्मारचित आयुर्वेद आठ भागमा विभाजन गरिएको छ, (१) शल्य तन्त्र, (२) शालाक्य तन्त्र, (३) काय चिकित्सा तन्त्र, (४) भूत विद्या तन्त्र, (५) कौमार भृत्य तन्त्र, (६) भगद् तन्त्र, (७) रसायन तन्त्र, (८) वाजीकरण तन्त्र ।

(४) अर्थवेद

कुनै ग्रन्थमा अर्थवेदलाई ऋग्वेद र कुनैमा अथर्ववेदको उपवेद भनिएको छ । आज अर्थशास्त्र नामको एक स्वतन्त्र ग्रन्थ पाइन्छ । नयाँ शास्त्रका ग्रन्थ उपलब्ध छन् । तर, अर्थवेद नामको कुनै स्वतन्त्र ग्रन्थ उपलब्ध छैन । पण्डित धनराज शास्त्रीले अर्थवेदका चार ठूला र दुई साना ग्रन्थको उल्लेख गरेका छन् ।

अर्थवेदका ठूला ग्रन्थहरुको विवरण यस प्रकार छ, (१) अर्थोपवेद (श्लोक संख्या एक लाख), (२) अर्थवेद (श्लोक संख्या ३० हजार), (३) अर्थ चन्द्रोदय (श्लोक संख्या २० हजार), (४) सम्पत्ति शास्त्र (श्लोक संख्या एक लाख २० हजार) ।

दुर्ई साना ग्रन्थको उल्लेख यस प्रकार छ, (१) नीतिप्रभा, (श्लोक संख्या २७ हजार) (२) काश्यपेय दण्डनीति (श्लोक संख्या २४ हजार) । यी सबैका छापिएका ग्रन्थ उपलब्ध नभएको कुरा रामदास गौडले उल्लेख गरेका छन् ।

स्थापत्य वेद

स्थापत्य वेद भनेको आजको वास्तु शास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनियरिङ, र आर्किटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ ।

अर्थशास्त्र वा अर्थवेद

रामदास गौडका अनुसार, अर्थशास्त्र अथवा अर्थवेद एक उपवेद हो । यो अथर्ववेद अन्तर्गत पर्दछ र यसमा अर्थशास्त्र सम्बन्धि सम्पूर्ण साहित्य समावेश छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्