‘नेपाल ‘ल्याण्ड लक’बाट ‘ल्याण्ड लिङ्क कन्ट्री बन्यो’ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वपश्चिम रेलमार्ग बनिरहेको बताएका छन् । पिपिएलको समापनका लागि पोखरा पुगेका प्रचण्डले पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् ।

बुधबार बिहान पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘केही महत्वपूर्ण पूर्वाधार विकास भएका छन् । यो बलियो वामपन्थी सरकारका कारणले सम्भव भएको हो, पार्टी एकताका कारण भएको हो ।’

‘हिजो हामीले नेपाल भूपरिवेष्ठित देश भनेर पढ्थ्यौं । हिजो ‘ल्याण्ड लक’ थियौं, अहिले ‘ल्याण्ड लिंक’ भएका छौं’ प्रचण्डले भने, ‘यो सामान्य कुरा होइन । विराटनगरको आसपास रेल चल्दैछ । काठमाडौं रिङरोड बनेको छ । ऐतिहासिक पूर्वाधार विकास भएका छन् ।’

‘सबै ऐन बनिसकेका छन् । अब हामीमा कानूनी जटिलता छैन’ प्रचण्डले भने, ‘अब वर्षायाम सकिएको छ, हिउँद सुरु भएको छ । अब केही प्रगति हुन्छ, हुन्छ । सरकारले गियर बदल्ने तयारी गर्दैछ ।’

प्रचण्डको पत्रकार सम्मेलनको लाइभ सुन्नुहोस् ।

https://www.facebook.com/prachanda.nepal/videos/570021723429082/