‘सरकार कुहिरोको कागजस्तो भयो’ : काँग्रेस नेता सिंह

Prakashman Singh
लाेकपाटी न्यूज

काठमाडौं, २१ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार कुइरोको काग जस्तो भएको बताएका छन् ।

राजधानीमा बुधबार नयाँ बस्ती युवा क्लब जोरपाटीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती को अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार कुहिरोको कागजस्तो भएको बताएका हुन् ।

उनले सरकारले दुई तिहाई जनमत को धक्कु लगाउने र जनताले अनुभूत गर्ने खाले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । उनले सरकार संघीयता कार्यान्वयनमा उदासिन रहेको बताए । सरकार अनावश्यक कुरामा अल्मलिरहेको बताउँदै उनले सरकारलाई खबरदारी गर्नेपर्नै प्रतिपक्षी दल प्रभावविहीन भएकाले मुलुकको अवस्था चिन्ताजनक बनेको उल्लेख गरे ।

काँग्रेस पार्टी विधिविधानबाट चलाउन नसक्नुको परिणाम आज मुलुकको अवस्था जर्जर भएको भन्दै हिजो केन्द्रीय समितिको बैठकमा पार्टी सभापति को रवैया हेर्दा काँग्रेस सुधारको आभाष नभएको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्