अमेरिकाको प्रतिनिधिसभामा नेपाली मुलका भण्डारी

Harry Bhandari
लाेकपाटी न्यूज

काठमाडौं, २१ कात्तिक । नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाको मध्यावधि चुनावमा विजयी भएका छन् । उनी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भण्डारी अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको अहिलेसम्मको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसद हुन सफल भएका हुन् ।

सन् २००५ मा भण्डारी पर्वत जिल्लाबाट अमेरिका गएका थिए । नेपालमा अंग्रेजी पढाउने भण्डारी नेपालमा अमेरिकामा पनि प्राध्यापन पेशामै संलग्न छन् ।

भण्डारी डेमोक्र्याटिक उम्मेदवार हुन् ।