‘आर्थिक विकास र समृद्धि सरकारको प्राथमिकतामा’ : मन्त्री अधिकारी

Rabindra Adhikari
लाेकपाटी न्यूज

पोखरा, २१ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–११ द्वारा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताए ।

मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक वर्षको तीन महीनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिँदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिँदै आएको उल्लेख गरे ।