महिलाले पहिलोपटक अन्तरिक्षमा बच्चा जन्माउँदै

Pregnent Women
लाेकपाटी न्यूज

एजेन्सी । आगामी ६ वर्षभित्र कुनै महिलाले अन्तरिक्षमा बच्चालाई जन्म दिन सक्नेछिन् । नेदरल्याण्डको एक कम्पनी स्पेसलाइफ ओरिजिनले यसबारेमा योजना बनाइरहेको छ । डेलीमेलको एक रिपोर्टको अनुसार सन् २०२४ सम्म यस्तो हुन सक्छ कि कुनै महिलाले धर्तीभन्दा ४०० किमी टाढा बच्चालाई जन्म दिनेछिन् ।

योजनाका अनुसार गर्भवती महिलालाई रकेटको माध्यमबाट अन्तरिक्षमा पठाउन सकिनेछ । यो मिसन ३६ घण्टा लामो हुने बताइएको छ । कम्पनीले यस्तो महिलाको नाम माग गरेको छ कि जो यसका लागि आफैं आउन तयार होस् । तर, त्यस महिलाले पहिलेनै दुई बच्चालाई सामान्य तरिकाले जन्म दिएको हुनुपर्छ ।

मानिसलाई दोस्रो ग्रहमा बसोबास गराउने र त्यहाँ बच्चालाई जन्म दिने विचारलाई अघि बढाउनु यस योजनाको लक्ष्य हो । कम्पनीले भनेको छ, ‘बच्चाका लागि या एक सानो खुड्किलो हो । तर, मानव जातिका लागि यो निकै ठूलो कदम हो ।’