निरीक्षणका लागि मास्टर स्टेशन पुगे कुलमान

Kulman Ghising
लाेकपाटी न्यूज

काठमाडौं, २१ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मी पूजाको दिन मास्टर स्टेशन निरीक्षण गरेका छन् ।

बुधबार स्टेशन निरीक्षणमा निस्केका घिसिङले देशभर विद्युत आपूर्तिमा खासै समस्या नदेखिएको बताएका छन् । उनले तराई र पहाडमा एसी तथा हिटर चलाउने बेला नभइसकेको बताउँदै विद्युत खपतमा केही सहज भएको बताए ।

अहिले इनर्जी बढेको र त्यो लोड व्यवस्थापनका लागि राम्रो भएको बताउँदै पिक कम गराउनुपर्नेमा उनले जोड दिए ।

अघिल्ला वर्षहरुमा तिहारको बेला विद्युत खपत बढी हुने र त्यसको व्यवस्थापन गर्न गाह्रो हुँदै आएको थियो । तर, अहिले मागअनुसार विद्युत आपूर्ति विद्युत आपूर्ति भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।