जसलाई अमेरिकाले ६३८ पटक मार्ने प्रयास गर्‍यो (फिडेल क्यास्ट्रोको संक्षिप्त जीवनी)

fidel-castro-1
लाेकपाटी न्यूज

काठमाडौं । फिडेल क्यास्ट्रो अमेरिकाको किलकिलेमा अड्किएको हड्डी हुन्, जसलाई अमेरिकाले न निल्न सक्यो नत ओकल्न नै । त्यही अमेरिका जस्ले ६ सयभन्दा बढीपटक उनलाई मार्ने प्रयास गर्यो । तर, कहिले सकेन ।

विश्वभरका कम्युनिष्टको आस्थाको धरोहर नै बने, अमेरिका विरोधी आन्दोलनमा उनी मियोकै भूमिकामा रहे । न उनी कहिल्यै हार्न माने र न क्युवालाई हार्न दिए । आफ्नो जीवन र शासन कालभरि क्यास्ट्रोले क्युवाको स्वाभिमानको रक्षा मात्र गरेनन्, समाजवादको बलियो जग पनि हाले । क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भयो ।

आधा शताब्दीसम्म क्यूवामा राज गर्ने महान् कम्युनिष्ट नेता थिए । फिडेल क्याष्ट्रो । उनी ९० वर्ष बाँचे र सम्पूर्ण जीवन मानव जातिको हितका लागि खर्चिए । अमेरिकाका सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआइए) ले ६ सय ३८ पटकसम्म अलग अलग तरिकाबाट मार्ने प्रयास गरेको थियो । तर, निर्भिक स्वाभावका क्यास्ट्रोका करोडौं समर्थकको शक्तिसामू अमेरिकाको केही चलेन ।

आफ्ना भाइ राउल कास्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघिसम्म क्यास्ट्रोले झण्डै आधा दशक फिडेलले शासन गरेका थिए । सन् १९५९ मा क्युवाली क्रान्ति सम्पन्न भएपछि उनी निरन्तर सत्ताको नेतृत्वमा रहे । क्याष्ट्रोका समर्थकहरु क्युबालाई जनतालाई फिर्ता गर्न सफल नेता भन्दै उनको प्रशंसा गर्दछन् । तर, उनका विरोधीले विपक्षीमाथि क्रुरतापूर्वक दमन गर्ने नेताका रूपमा चित्रित गर्दै आएका छन् । तर, वास्तविकता यो थियो कि क्यास्ट्रोले जीवनभर पूँजीवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नुपरेको थियो ।

फिडेल क्याष्ट्रो सन् १९५९ को डिसेम्बरदेखि १९७६ सम्म क्युवाको प्रधानमन्त्री बनेका थिए । यसपछि भने फिडेल क्यूवाको राष्ट्रपतिमा नियुक्त भएका थिए । उनले सन् २००८ को फ्रेबुअरीमा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । फिडेलले सन् २००६ मै आफ्ना भाइ राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए ।

फिडेल क्यास्ट्रो क्युवाको क्रान्तिमार्फत् फुल्गेकिया बतिस्ताका तानाशाहलाई हटाएर सत्तामा आएका थिए । बतिस्तालाई हटाएको केही समयपछि नै फिडेल क्युवाको प्रधानमन्त्री भएका थिए । क्युवाको प्रधानमन्त्रीमा आएपछि फिडेल क्यास्ट्रो अमेरिकाको निशानामा परेका थिए । फुल्गेकिया बतिस्तालाई अमेरिकाको समर्थन प्राप्त नेताको रुपमा मानिन्थ्यो । शीतयुद्धको बेला अमेरिकी सेनाको विरुद्धमा आफ्नो सीमामा मिसाइल खडा गरेर फिडेल क्याष्ट्रो विश्वभर चर्चित् भएका थिए । सन् १९५९ देखि सन् २००८ सम्म क्युवाको सत्तामा रहेका फिडेल क्यास्ट्रोलाई मार्न अमेरिकाले ६ सय ३८ पटकसम्म मार्ने कोशिस गरेको बताइन्छ ।

फिडेललाई ४९ सालसम्म साथ दिएका राजनीतिक सुरक्षाकर्मी फैबियन ऐस्कलान्टेले यस कुराको दाबी गरेका थिए । फिडेललाई मार्न सिगार चुरोटमा बम ब्लास्ट गर्नेदेखि फिडेलले प्रयोग गर्ने फाउन्टेनपेनमा बिषादीको प्रयोग गरेको समेत उनका सुरक्षाकर्मी फैबियनले बताएका थिए । फिडेल क्यास्ट्रोलाई मार्ने प्रयास सन् १९६० को दशकमा अत्याधिक रहेको बताइन्छ । क्यूबाको सरकार ढाल्न ‘अपरेशन मान्गुज’ नामक अपरेशन शुरू गरेर फिडेलको हत्या प्रयास भएको फैबियनको दाबी छ ।

कम्युनिष्ट पार्टीको सम्मेलनको अन्तिम दिन गत अप्रिलमा उनले एक दुर्लभ भाषण गरेका थिए । आफू वयोवृद्ध भएको स्वीकार्दै उनले क्युवाली वामपन्थी विचारधारा अझै सान्दर्भिक भएको र क्युवाका जनताहरू विजेता हुने बताएका थिए । १९१३ अगष्ट १३ मा जन्मिएका क्याष्ट्रोको ९ सन्तान रहेका छन् ।

सन् १९५९ मा क्रान्तिमार्फत् सत्तामा आएका क्यास्ट्रोले ५० वर्ष शासन गरे, ५० वर्ष नै अमेरिकाका विरुद्ध निर्मम सङ्घर्ष गरे । रुस, चीनजस्ता शक्तिशाली देशको समाजवादी सत्ता ढलेको बेला पनि क्यास्ट्रो गलेनन्, उनी थाकेनन् । विश्व इतिहासमा उनी सङ्घर्षको सतिसालका रुपमा प्रख्या छन् ।

क्यास्ट्रोको शासन २ कारण प्रख्यात् छ, हिलो साम्राज्यवादविरुद्ध निरन्तर र अविचलित सङ्घर्ष, दोस्रो, समाजवादको स्थापना र सुदृढीकरण । अमेरिकाले ६३८ पटक हत्याको प्रयास गर्दा पनि उनी समाजवादी मिसनमा कहिल्यै हार खाएनन्, उनी जति समय बाँचे, त्यतिञ्जेल क्युवाको जनतन्त्र र समृद्धिका लागि निरन्तर लागिरहे ।

क्यास्ट्रोको जीवनीबाट नेपालका राजनीतिक नेता र कम्युनिष्टहरुले सिक्नसक्ने धेरै शिक्षा छन् । पहिलो, ईच्छाशक्ति भए जस्तोसुकै चुनौति पनि छिचोल्न सकिन्छ, सफलतामा पुग्न सकिन्छ । दोस्रो, चुनौतिका बेला पनि आफ्नो लक्ष्य भुल्नु हुँदैन, निरन्तर समर्पित भइरहनुपर्छ । तेस्रो, साम्राज्यवादविरुद्धको सङ्घर्ष क्षणिक सङ्घर्षको विषय होइन, वर्ग रहुञ्जेल समाजवाद र साम्राज्यवादबीच सङ्घर्ष चलिरहन्छ ।

नेपालका नेताहरुले उनको जीवनबाट कम्तिमा ३ कुरा सिके नेपालमा समाजवादको अभ्यास हुन सक्दछ । क्यास्ट्रोको समाजवाद बुर्जुवा समाजवाद थिएन, जुन आज नेपालका कम्युनिष्टहरुले अभ्यास गर्दैछन् । ती महान् नेता, योद्धा र प्रेरक क्यास्ट्रोप्रति हार्दिक श्रद्धासुमन ।