प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा डा. भट्टराई

Rajan Bhattarai02
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा सत्तारुढ दल नेकपाका नेता डा. राजन भट्टराई नियुक्त भएका छन् ।

आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टराईलाई सल्लाहकारमा नियक्त गरेको हो ।

माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि उनी विदेश मामिला सल्लाहकार थिए । डा. भट्टराई नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् ।