भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

Nilambar Acharya
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक । सरकारले भारतका लागि नयाँ राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा आचार्यलाई सिफारिस गर्ने निर्णय गरेको हो । उनी प्रवुद्ध समूहका सदस्य समेत हुन् ।

त्यस्तै सरकारले मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे तथा युएईका लागि कृष्णप्रसाद ढकाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु तत्काल बाहिर नल्याउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटा अबदेखि मन्त्रिपरिषद्का निर्णयहरु समय क्रमसँगै थाहा दिने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा भएको निर्णयहरु तत्कालै थाहा नदिने भएपछि सरकारको विरोध सुरु हुन थालेको छ र