प्रचण्ड र बादल तातोपानी कुण्डमा डुबुल्की मार्दै

Prachanda02
लाेकपाटी न्यूज

म्याग्दी, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तातोपानी कुण्डमा स्नान गरेका छन् ।

सोमबार म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उनीहरुले स्नान गरेका हुन् । अध्यक्ष प्रचण्ड पत्नी सिता र छोरी गंगा दाहालसँग बेनीनगरपालिका–४ मा अवस्थित प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न गएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको उद्घाटन गर्न गृहमन्त्री थापा तातोपानी पुगेका हुन् । प्रचण्ड र बादलले केही बेर तातोपानीमै बिताएका थिए ।

सो कुण्डमा स्नान गरे छाला सम्बन्धी रोगव्याध निको हुने विश्वास रहेको छ । प्रचण्डले तीन दिन तातोपानी कुण्डमा स्नान गर्ने बताइएको छ ।