‘क्यू एण्ड यू फर्निचर’ले धोका दिएको भन्दै ग्राहक आक्रोशित

Q and U Furniture
लाेकपाटी न्यूज

काठमाडौं, २७ कात्तिक । राजधानीको एक फर्निचरले ग्राहकलाई धोका दिएको खुलेको छ ।

ग्राहकले आफूलाई आवश्यक परेको फर्निचर अर्डर गरेको समयमा लिन जाँदा रित्तै हात फर्कनुपरेपछि क्यु एण्ड यू फर्निचरको कर्तूत खुलासा भएको हो ।

फर्निचर पसलले ग्राहकसँग पैसा लिएर उक्त सामान अर्कैलाई बेचेको ग्राहकको दाबी छ । ग्राहकका अनुसार उनलाई पसलेले अर्डर गरिएको सामान लिन एक महिनापछि आउनु भनेका थिए ।

Q and U Furniture02

नाम खुलाउन नचाहेका ग्राहकले आक्रोशित हुँदै भने, ‘धोका दिनुको पनि सीमा हुन्छ नि । शुरुमा चिल्लो कुरा गर्ने, पैसा हात परेपछि भने धोका ? जे गरे पनि हुन्छ भन्ने मानसिकता राखेर यस्तो गर्नु सरासर लूट हो ।’

यो फर्निचर शोरुम गत वर्ष नक्सालस्थित भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा रहेको छ ।