टी-ट्वान्टी बरियतामा पारस, बसन्त र सोमपाल, कसको स्थान कति ?

Paras and Sompal
लाेकपाटी न्यूज

काठमाडौं, २७ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको टी ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का पर्न सफ भएका छन् ।

नयाँ बरियताअनुसार कप्तान पारस ब्याटिङतर्फ ९३ औं स्थानमा परेका छन् । त्यस्तै खड्का अलराउण्डरतर्फ ४१ औं स्थानमा रहन सफल भएका छन् ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामी आइसीसीको बरियतामा पर्न सफल भएका छन् । बसन्त रेग्मी ७५ औं स्थानमा रहँदा सोमपाल कामी ९४ औं स्थानमा छन् ।

ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहन सफल भएका छन् भने बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहेका छन् । त्यस्तै अलराउन्डरतर्फ शीर्षस्थानमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।