मन्त्री सोडारी बर्खास्त

Dirgha Bahadur Sodari
लाेकपाटी न्यूज

काठमाडौं, २७ कात्तिक । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाका अनुसार सोडारीले सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक-पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाइएको हो ।

स्रोतका अनुसार सोडारीलाई बर्खास्त गर्न प्रदेश इन्चार्ज भिम रावलले निर्देशन दिएका हुन् । तिहारका बेला सोडारीको झण्डावाल गाडी अरुनै चढेको अवस्थामा दुर्घटना भएको थियो ।

केही समयअघि तीन नम्बर प्रदेशका भौतिक पुर्वाधारमन्त्री केशव स्थापित पनि पदबाट बर्खास्त भएका थिए ।