रणवीर-दीपिका आज वैवाहिक बन्धनमा बाँधिदै

Ranveer-Deepika
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आज वैवाहिक बन्धनमा बाँधिदैछन् । उनीहरुको विवाह समारोह १४-१५ नोभेम्बरमा इटालीको लेक कोमोमा हुँदैछ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर-दीपिकाले १४ नोभेम्बर अर्थात् आज दक्षिण भारतीय रीतिरिवाजअनुसार बिहे गर्दैछन् । लेक कोमोको विवाह गर्ने स्थान यतिबेला दुलही जसरी सजाइएको छ ।

खबरका अनुसार इटली पुगेका दुवै परिवार एकअर्कालाई स्वागत गरेका छन् । दीपिकाको परिवारले रणवीर सिंहलाई विशेष स्वागत गरे र उनलाई नरिवल पानी दिए । कोंकणी समाजमा नरिवललाई शुभ मानिन्छ । त्यसपछि दीपिकाको पिता प्रकाश पादुकोणको खुट्टा धोए । त्यसपछि रणवीर दीपिकाले एकअर्कालाई औंठी लगाइदिए ।