‘तोकिएको ठाउँमा नजाने कर्मचारी हटाएर नयाँ भर्ना गर्ने प्रचण्डको चेतावनी

Prachanda_1
लाेकपाटी न्यूज

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार म्याग्दी उद्योग वाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीप्रति सरकारले कठोर निर्णय लिनुपर्ने बताएका हुन् ।

उनले माथिल्लो तहमा पुगेका कर्मचारीहरुले नेतालाई समेत बिगारेको बताउँदै भने, ‘जतिसिुकै सिस्टम बदलौं हामी सिष्टम उनै छन्, राजाका पालामा तालिमप्राप्त । अझ ठूल्ठूला त तिनैमात्र छन् ।’ उनले थपे, ‘राजनीतिक नेतृत्वले संघर्ष गर्छन्, आन्दोलन गर्छन् राष्ट्र र जनताको हितमा भनेर बलिदान गर्छन्, परिवर्तन ल्याउँछन् । दुई चार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिमजस्ता हुन्छन् ।’

अध्यक्ष प्रचण्डले गाउँगाउँमा सिंहदरबारको अधिकार पठाउन खोज्दा कर्मचारीकै कारण समस्या उत्पन्न भएको धारणा राखे । उनले सरकारको भनेको नमान्ने कर्मचारी हटाएर नयाँ कर्मचारी भर्ना गर्ने समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्