असान्दर्भिक नङ्ग्याई : प्रचण्डको स्नानमा पनि आक्रमण !

yubraj acharya
लाेकपाटी न्यूज

– युवराज आचार्य

सन् २००२ को अगस्ट र सेप्टेम्बर महिनामा म जापानको एउटा अध्ययन भ्रमणमा थिएँ । हिरोशिमाको सहर छेउको एउटा परिवारले मलाई ३/४ दिनको आतिथ्य प्रदान गरेको थियो । त्यसैपनि समुद्रपारको पहिलो यात्रा, सबै चिज कौतुहलपूर्ण त्यहीँ माथि बडो मुस्किलले अङ्ग्रेजीमा वातचित गर्ने, एक ५०/५५ वर्ष जत्तिकि बृद्ध आमा र उनी भन्दा ५-६ वर्ष बुढा अङ्ग्रेजी फिटिक्कै नबुझ्ने उनका श्रीमान सङ्गको आतिथ्य । म अहिले त्यसको कठिनाई र रोमान्चकताको वर्णन शब्दमा गर्न सक्दिनँ ।

कुनै-कुनै शब्द बुझाउन मैले १० मिनेट प्रयास मात्रै गरिनँ पेन्सिल लिएर नक्सा समेत बनाएँ । एउटा क्याल्कुलेटर जस्तो मेशिनले हाम्रो दोभाषेको आंशिक काम गर्थ्यो । बुझेपछि ती बृद्धा आमा र उनकी अर्की साथी ‘आशोदेशुका’ भन्दै पेट मिचिमिची हाँस्थे, कुनै कुनै दिनमा त ५० पल्ट त्यस्ता ठूला हाँसो चले होलान् ।

मान्छेको संस्कृतिको एउटा अङ्ग हो भाषा । एक अर्काको भाषा सजिलै नबुझे पनि एउटा डिस्नेरी जस्तो मेशिनले हामी विचको वार्ता सरल बनायो । हरेक ऐतिहासिक र पर्यटकीय ठाउँ ती बृद्ध आमाले घुमाइन, टाढा जानु पर्दा अर्की साथीको सहारा लिइन् । भाषाको कुनै कठिनाई बिनै मेरो ३-४ दिने बसाई कट्यो ।

आमैले मलाई पहिलो दिनमै दुई कोठे शौचालयको भित्री कोठामा दुई ठाडा सेता भाँडा देखाएकी थिइन् । ‘त्यो तातो पानी’, ‘त्यो वासिङ्ग मेशिन’ भनेको मलाई याद थियो । अगस्टको गर्मी, पहिलो दिन मैले धारोमा नुहाएँ, तातोपानीको वरिपरि कुनै भाँडो देखिनँ, उघाएर चलाउने कुरै भएन । वासिङ्ग मेशिन मैले कहिल्यै चलाएको थिइन् । यसो हेरेँ ०, १,२,३,४ बाहेक एउटै शब्द अङ्ग्रेजीमा देखिनँ सहयोग बिना चलाउने कुरै भएन ।

तर, मेरो बसाइको दोस्रो दिन बिहान भने एउटा अप्ठेरो अवस्था आइलाग्यो । स्वाट्ट ढोका खोलेर भित्र हेरेको त वासिङ्ग मेशिन छेउको अर्को भाँडोमा घरका बुढाबा पस्दै रैछन फगत नाङ्गै । ढोका तिर हेरे, मलाई देखे, मैले ढोका ढेप्दा नढेप्दै उनी भाँडा भित्र पसे, बिल्कुल नआत्तिइकन । फर्किँदा तौलिया बेरेका उनले श्रीमतिलाई के के भने मैले बुझिनँ, बुढीले उल्था गर्दिँदै भनिन्, ‘उसले पाहुना जान लागेको रैछ, सरी भन्देऊ, उ तातो पानीमा जान लागेको रैछ मैले उछिने ।’

त्यसपछि आमैले मलाई पहिले तिमि जाऊ अनि म जान्छु भनिन् । जापानको संस्कृतिमा अनभिज्ञ म बुढाबा चोबलिएको भाँडोमा भित्री बस्त्रसहित पसेँ, दश मिनेट बसेर निस्कँदा कम्मरको इलास्टिक आफैँ झर्ने भइसकेको थियो । अप्ठ्यारो मान्दै आमैलाई भने, ‘त्यो पानी फ्याँक्ने प्वाल देखिनँ नि ।’ बुढीले भनिन्, ‘होइन म पनि जानै छ ।’

संस्कृतिकै अर्को महत्वपूर्ण पाटो लवाई, खवाई, स्नान आदि समेत हुन् भन्ने बुझेको त थिएँ तर मैले खासै ध्यान दिएको थिइनँ । फोहोर/जल/स्नान/संस्कृतिको जिज्ञाशा बढेकोले मैले बेलुका उनीहरूको कम्प्युटरमा इन्टरनेट चलाउने अनुमति मागेँ, अहिले जस्तो इन्टरनेट चल्ने फोन थिएनन् ।

इन्टरनेटमा प्रशस्तै लेखोट रहेछन् जापानको ‘तातोपानी-स्नान संस्कृति’बारे । हिरोशिमा पट्टि चाहिँ अलि कम तर जापानको उत्तरी पाटोका तातोपानीका मूल, झर्ना, कुण्ड त विश्व प्रख्यात नै रहेछन् । मलाई छलफलको अलिकति खुराक मिलेपछि मैले कुरा कोट्याएँ । बाले दोभाषेमार्फत र आमैले आफैँ मलाई ब्याख्या गरे किन खनिजयुक्त तातोपानीको कुण्डको ठाउँमा तिनले आफ्नो घरमा ठाडो भाँडोमा तातोपानी राखेको र सबै परिवार पालैपालो डुबेको भन्ने बारे ।

इन्टरनेटमा प्रसस्तै लेखोट रहेछन् जापानको ‘तातोपानी-स्नान संस्कृति’बारे । हिरोशिमा पट्टि चाहिँ अलि कम तर जापानको उत्तरी पाटोका तातोपानीका मूल, झर्ना, कुण्ड त विश्व प्रख्यात नै रहेछन । मलाई छलफलको अलिकति खुराक मिलेपछि मैले कुरा कोट्याएँ । बाले दोभाषे मार्फत र आमैले आफैँ मलाई ब्याख्या गरे किन खनीजयुक्त तातोपानीको कुण्डको ठाउँमा तिनले आफ्नो घरमा ठाडो भाँडोमा तातोपानी राखेको र सबै परिवार पालैपालो डुबेको भन्ने बारे ।

,र तिनका गफबाट मैले बुझेँ मैले नाङ्गै देख्दा पनि बा त लजाएकै रहेनछन, म डुबेको कुण्डमा आमै नाङ्गै डुबेर निस्किछन । अर्थात त्यो भाँडो नाङ्गै पस्नेहरूको रैछ र एउटा डुबेको भाँडोमा अर्को डुब्नु जापानी तातोपानी संस्कृतिकै अंश रै’छ ।

खनिजयुक्त तातोपानीका कुण्डहरु त्यसैपनि औषधी समान हुन् । खनिज, जल, चिकित्सा र स्नान (spa therapy and balneotherapy) कम्मर र मेरुदण्डको दुखाई र छाला, नशा, रक्त सञ्चार आदि बिमारका लागि अत्यन्तै फाइदाजनक चिकित्सा पद्दती हुन् ।

हाम्रा एउटा पूर्वप्रधानमन्त्री र उनका मित्र वर्तमान गृहमन्त्री म्याग्दीको तातोपानी पुगेछन् । मूलधारकै पत्रिकाले उनीहरूको तल्लो/भित्री बस्त्र मात्रै लगाएर कुण्डमा डुबिरहेको फोटोहरू प्राथमिकताका साथ छापे, सामाजिक सञ्जालमा असङ्ख्य मात्रामा फोटाहरू शेयर भए ।

देशमा मेरुदण्ड मानिएका नेताका मेरुदण्ड बलिया हुनुपर्छ, नशा बलिया हुनु पर्छ, छाला स्वस्थ हुनुपर्छ । यो नेपाली जनताको कामना हो । मेरुदण्ड बलिया भएका नेता विदेशीको दबाबमा झुक्दैनन्, यदाकदा झुके पनि यिनको ढाड दुख्दैन । नशा बलिया भए हरेक अङ्गमा राम्रो रक्तसञ्चार हुन्छ, नेताको दिमागले सोचेको कुरा औँलाको टुप्पोसम्म पुग्छ । छाला सफा भए नेताको छवि राम्रो देखिन्छ । जनताले तिनलाई देख्दा थुकौंथुकौँ लागेर मुख पानीले भरिन्नँ ।

त्यसैले कुण्ड-स्न्नानलाई व्यङ्ग्यवाण प्रयोग गर्नु नेताको होइन देशकै स्वास्थ्य ति सम्वेदनशील नहुनु जस्तै हो । फेरिर आर्थिक दृष्टिकोणले पनि स्वदेशी जलस्नान सिङ्गापुरमा गरिने जल चिकित्सा भन्दा किफायती छ । त्यसैले सकेसम्म सबैले स्वदेशी जलस्नानलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।

नग्नताको सांस्कृतिक सम्बन्ध हुन्छ । म गाउँमा महिला-पुरुष एउटै धारोमा सराबरी नुहाएर हुर्केको मान्छे। माइतीघरको पेटिकोट जुलुसजस्तो जुलुसै हुन्थ्यो हाम्रो धारामा । जेठाजु, ससुरा छोडेर अरूसँग त्यति धेरै सतर्क हुनु पर्दैनथ्यो खासगरी नुहाउने धारामा । त्यसैले नग्नताको सांस्कृतिकमात्रै होइन सान्दर्भिक वा कन्टेक्स्चुअल सम्बन्ध समेत छ । नुहाउँदा निश्चित मात्रामा नाङ्गिनु असान्दर्भिक ठहरिन्न । प्रेसर, सुगरका रोगी नेता तातो पानीका कुण्डमा भित्रि तल्लो बस्त्रमा देखिनु त्यसैले असान्दर्भिक होइन ।

औषधोपचारको यात्रा तीर्थयात्र जस्तै हो । सपरिवार जानु आसान्दर्भिक होइन । पूर्वप्रधानमन्त्री, उनकी पत्नी, छोरी, सहयोगी, निजी चिकित्सक‘। सबै सहयात्री हुन् यस मानेमा । गृहमन्त्री, उनकी श्रीमति, उनकी बैनी, बैनीका श्रीमान् त्यसैले सहयात्री नै भए ।

तर, राजाले, पञ्चले, काङ्ग्रेसले, एमालेले देखाएको नाङ्गो पनको विरोधका जगमा जनयुद्ध सफल पारी सत्तामा आएका नेताहरूको नाङ्गोपन चाहिँ समाजले देख्यो, महसुस गर्यो ।

नुहाउने बेला पनि छेउमा आएर चाकरी गर्ने कार्यकर्ता र नाङ्गो देख्ने बित्तिकै बेइज्जत गर्ने गरी समाचार र सामाजिक सञ्जालका भित्ता रङ्ग्याउने कलाकारहरूको बुद्धि देखेर मलाई दया पलायो । स्वास्थ्य उपचारका क्रममा नाङ्गो हुने वा विशेष लुगा लगाउने चलन कुनै नौलो होइन । यो व्यङ्यवाणको विषय होइन। व्यङ्यवाणको विषय नेता नाङ्गै हुँदा पनि छेउमा उभिएर चाकरी बजाउने र नाङ्गै हुनेगरी सरकारी स्रोतको दुरुपयोग गर्ने चलन चाहिँ हुन् । आफूलाई आलोचनात्मक चेतका ठेकेदारहरू किन प्रश्न उठाउँदैनन् । कुण्डजाने हेलिकप्टर नेताको गोजीको पैसोले चल्छ कि हाम्रो करको पैसोले ?

राष्ट्रिय सेनाको हेलिकप्टरमा चढेर सपरिवार तातोपानीमा चोबलिन जाँदा शरीर जे जति नाङ्गियो त्यसको सयौँ गुणा उनीहरूको चरीत्र नाङ्गियो । सरकारी सेनाको हेलिकप्टरमा बैनी(ज्वाइँसहितको सवारीको खर्च कसले व्यहार्यो मलाई थाहा छैन । भोलि गृहमन्त्री र पूर्वप्रधानमन्त्रीले कुनै माध्यमबाट प्रष्ट पार्लान् । बैनी ज्वाइँले आफ्नो गोजीबाट भाडा तिरेका पनि हुन सक्छन् । तर, जनताले देख्दा त्यो भन्दा नाङ्गो नाच केही हुन्नँ सरकारी स्रोतमाथि । आपतकालीन उद्दार, ढुवानी, महत्वपूर्ण व्यक्तिको यात्रामा सेनाको हेलिकप्टर प्रयोग होला, कुनै तरिकाले भाडा असूल्ला सेनाले ।

तर, तातोपानी कुण्ड स्नानले एउटा गम्भीर प्रश्न उठाएको छ । सेनाको हेलिकप्टर प्रयोग कसले, कस्तो अवस्थामा, कुन प्रयोजनका लागि प्रयोग गर्ने ? पैसो तिरेर कुनै धनीमानीले घर जान्छु भन्ला, पार्क घुम्छु भन्ला, तातोपानी जान्छु भन्ला र सेनाको हेलिप्याडमा ससम्मान उत्रन्छु भन्ला, सेनाले त्यो सुविधा दिन्छ ?

अरू त के नै गर्न सकिन्छ तर असान्दर्भिक तरीकाले नाङ्गिएको यो घटनाको जवाफको प्रतिक्षा गरौँ ।

-सदृष्यबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्