डा. अब्दुल कलाम : लेखक, वैज्ञानिकदेखि राष्ट्रपतिसम्म (प्रेरक जीवनी)

apj-abdul-kalam
लाेकपाटी न्यूज

उनको पूरा नाम अवुल पकिर जैनुलाअबदीन अब्दुल कलाम हो। कलामको जन्म १५ अक्टोबर, १९३१, भारतको तमिलनाडुमा भएको थियो । उनलाई डा. ए.पी.जे. अब्दुल कलामका नामले चिनिन्छ । अब्दुल कलाम भारतीय गणतन्त्रका ११ औ निर्वाचित राष्ट्रपतिका हुन् । उनी भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक, लेखक र सामाजिक अभियान्ता हुन् । कलाम अविवाहित थिए। कलाम भारतको मिसाएल कार्यक्रमको प्रमुख बास्तुकार थिए ।

कलामका पिता जैनुलाब्दीन साधारण लेखपढका मध्यम परिवारका व्यक्ति थिए । उनी एक नाविक थिए र नियमका पक्क थिए। यिनका पिता मछुआराहरूलाई नाऊ भाडामा दिने गर्थे । अब्दुल कलाम संयुक्त परिवारमा रहन्थे, उनको परिवारमा आफूसहित पाँच भाइ एवं पाँच बहिनी थिए र घरमा तीन परिवार रहने गथ्र्यो । कलामका जीवनमा यिनका पिताको धेरै प्रभाव रह्यो। पढ़ेलेखेका नभए पनि पिताले दिएको संस्कार अब्दुल कलामको जीवनमा धेरै महत्वपूर्ण रह्यो ।

कलाम पाँच वर्षको उमेरमा रामेश्वरमको पञ्चायत प्राथमिक स्कूलमा भर्ना भएका थिए । उनले आफ्नो आरम्भिक शिक्षा नियमित राख्न लागि अखबार बेच्ने काम पनि गरेका थिए । कलामले १९५८ मा मद्रास इन्स्टिच्युट आफ टेकनोलोजीदेखि अन्तरीक्ष विज्ञानमा स्नातकको उपाधि प्राप्त गरेका थिए । स्नातक गरिसकेपछि उनले हावरक्राफ्ट परियोजनामा काम गर्न भारतीय रक्षा अनुसन्धान एवं विकास संस्थानमा प्रवेश गरे। सन् १९६२ मा उनी भारतीय अन्तरीक्ष अनुसन्धान सङ्गठनमा आए, जहाँ उनले सफलतापूर्वक धेरै उपग्रह प्रक्षेपण गरे । परियोजना निर्देशकका रूपमा भारतका पहिला स्वदेशी उपग्रह प्रक्षेपण यान एसलवीका निर्माणमा महत्वपूर्ण भूमिका निभाए, जसलाई जुलाई १९८० मा रोहिणी उपग्रह सफलतापूर्वक अन्तरीक्षमा प्रक्षेपित गरिएको थियो।

डा. कलामलाई प्रोजेक्ट डाइरेक्टरका रूपमा भारतको पहिलो स्वदेशी उपग्रह (एस.एल.वी. तृतीय) बनाउने श्रेय जान्छ। जुलाई १९८० मा उनले रोहिणी उपग्रहलाई पृथ्वीको कक्षाको निकट स्थापित गरेका थिए । त्यसपछि भारत पनि अन्तर्राष्ट्रिय अन्तरीक्ष क्लबको सदस्य बनेको थियो । यस रो लञ्च व्यहिकल प्रोग्रामलाई परवान चढाउने श्रेय पनि उनलाई नै जान्छ । डा. कलामले स्वदेशी लक्ष्यभेदी (गाइडेड मिसाइल्स) लाई डिजाइन गरे। उनले अग्नि एवं पृथ्वीजस्ता मिसाइल्सलाई स्वदेशी प्रविधि बनाएका थिए ।

डा. कलाम जुलाई १९९२ देखि डिसेम्बर १९९९ सम्म रक्षामन्त्रीका विज्ञान सल्लाहकार, सुरक्षा शोध र विकास विभागका सचिव थिए। उनले स्ट्रेटेजिक मिसाइल्स सिस्टमको उपयोग आग्नेयास्त्रहरूका रूपमा गरे। त्यस्तै पोखरणमा अर्कोपल्ट न्यूक्लियर विस्फोट पनि परमाणु ऊर्जाका साथ मिलाए । यसले भारतको परमाणु हतियारको निर्माण क्षमता प्राप्त गर्नमा सफलता हासिल गर्यो ।

कलामले भारतको विकास स्तरलाई २०२० सम्म विज्ञानका क्षेत्रमा अत्याधुनिक गर्नका लागि एक विशिष्ट सोच प्रदान गरे । उनी भारत सरकारको मुख्य वैज्ञानिक सल्लाहकार पनि रहे। १९८२ मा भारतीय रक्षा अनुसन्धान एवं विकास संस्थानमा निर्देशकका रूपमा उनको पुनरागमन भयो, त्यसपछि उनले आफ्नो सारा ध्यान ‘गाइडेड मिसाइल’को विकासमा केन्द्रित गरे। उनले अग्नि मिसाइल र पृथ्वी मिसाइलको सफल परीक्षण गरे । जुलाई १९९२ मा उनी भारतीय रक्षा मन्त्रालयमा वैज्ञानिक सल्लाहकार नियुक्त भए । तिनको रेखदेखमा १९९८ मा पोखरणमा आफ्नो अर्को सफल परमाणु परीक्षण गर्यो र भारत परमाणु शक्तिदेखि सम्पन्न राष्ट्रहरूको सूचिमा सामेल भयो ।

डा. अब्दुल कलाम भारतका ११ औं राष्ट्रपति निर्वाचित भएका थिए। उनलाई भारतीय जनता पार्टी र वाम दलहरूका अतिरिक्त समस्त दलहरूले समर्थन गरेका थिए। १८ जुलाई, २००२ मा डा. कलाम नब्बे प्रतिशत बहुमतद्वारा ‘भारतको राष्ट्रपति’ चुनिएका थिए । अब्दुल कलामको कार्यकाल २५ जुलाई २००७ मा समाप्त भयो । कलाम व्यक्तिगत जीवनमा पूर्णतः अनुशासित, शाकाहारी र ब्रह्मचारी थिए । उनी कुरान र भागवद् गीताका अध्येता पनि थिए । भारतलाई महाशक्ति बनाउने कलामको सपना थियो । उनी प्रख्यात् लेखक पनि थिए ।

कलामले आफ्नो जीवनी ‘विंग्स अफ फायद’ भारतीय युवाहरूलाई मार्गदर्शन प्रदान गर्ने तरीकाले लेखेका थिए । यिनको अर्को पुस्तक ‘गाइडिङ्ग सोल्स डायलग्स अफ द पर्पज अफ लाईफ’ आत्मिक विचारहरूलाई उद्घाटित गर्दछ, उनले तमिल भाषामा कविताहरु पनि लेखेका थिए। दक्षिणी कोरियामा कलामका पुस्तकहरूको निकै माग छ र उनलाई अधिक मन पराउँछन् । कलाम खास राजनीतिक क्षेत्रका व्यक्ति होइनन् । तर, राष्ट्रवादी सोच राख्थे र अन्ततः राष्ट्रपति पनि भए । उनको पुस्तक ‘इण्डिया २०२०’ मा राजनीतिक दृष्टिकोणबारे उल्लेख छ । उनले भारतलाई प्रविधिको देश बनाउन चाहन्थे ।

डा. कलामले साहित्यिक रूपले पनि आफ्नो शोधलाई चार उत्कृष्ट पुस्तकहरूमा समाहित गरेका छन्, ‘विंग्स अफ फायर’, ‘इण्डिया २०२० ए विजन फर द न्यू मिलेनियम’, ‘माई जर्नी’ तथा ’इग्नाटिड माइण्ड्स अनलिसिङ्ग द पोवर विदिन इण्डिया’। यी पुस्तकहरूको धेरै भारतीय तथा विदेशी भाषाहरूमा अनुवाद भइसकेको छ। उनी भारतका एक विशिष्ट लेखक र वैज्ञानिक पनि थिए । उनलाई ३० विश्वविद्यालय र संस्थानहरुमा डाइरेक्टरको उपाधि दिइएको थियो ।

‘मिसाइल म्यान’का रूपमा चिनिने भारतका ११ औं राष्ट्रपति एपीजे अब्दुल कलामको ८३ वर्षको उमेरमा मेघालयको सिलोङमा निधन भयो । उनी सिलोङस्थित इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीको निम्तोमा प्रवचन दिँदादिँदै बेहोस भएका थिए । उनको निधन १७ जुलाई, १९१५ मा भयो ।

अब्दुल कलामका पाँच महत्वपूर्ण भनाइ

१. सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ, सपना त्यो हो, जसले निदाउनै दिँदैन ।

२. जन्मदिन त्यस्तो दिन हो, जहाँ सन्तान रुँदा आमी औधी खुसी हुन्छिन्, त्यसपछि कुनै पनि दिन सन्तान रुँदा आफ्नी आमालाई पीडावोध हुन्छ ।

३. ‘सफ्टवेयर’को क्षेत्र सबै पर्खालहरु भत्काउनुपर्दछ, ताकि अधिकाधिक मानिस यसको उपयोगितादेखि लाभान्वित हुन सकुन्।

४. तपाईं विकास चाहनुहुन्छ भने देशमा शान्ति आवश्यक छ, शान्तिको स्थापना शक्तिदेखि हुन्छ।

५. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पूरा हुन्छ ।