सुनचाँदीको बजार स्थिर

Gold
लाेकपाटी न्यूज

काठमाडौं, १ मंसिर । शनिबार सुनचाँदीको बजार स्थिर देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजार १ सयमा किनबेच भइरहेको छ ।

चाँदी आज प्रतितोला रु. ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।