आगलागीमा परी आमासहित चार बच्चाको मृत्यु

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

अबुजा, १ मंसिर । आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आगलागी हुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को एक बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ ।

आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान जारी नै रहेको डोडोडोले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्