रणवीर-दीपिकाले किने नयाँ घर !

Ranveer-Deepika
लाेकपाटी न्यूज

मुम्बई । बलिउडका दुई चर्चित कलाकार वैवाहिक बन्धनमा बाँधिइसकेका छन् । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले इटलीको लेक कोमोमा १४ र १५ नोभेम्बरमा विवाह गरे । अब उनीहरु चाँडै नै भारत आएर आफ्ना नजिकका मानिसहरुलाई रिसेप्सन पार्टी दिनेछन् । यसैबीच विवाहपछि एउटा खबर बाहिर आएको छ कि उनीहरुले नयाँ घर किनेका छन् ।

खबरका अनुसार रणवीर र दीपिकाले ५० करोड भारुमा घर किनेका हुन् । रणवीर सिंह र दीपिका पादुकोणसँग जोडिएको सुत्रका अनुसार उनीहरुले पचास करोड भारुमा मुम्बईको जुहू इलाकामा घर किनेका हुन् ।

उनीहरुको घर पूर्णरुपमा सम्पन्न भइनसकेको बताइएको छ ।