अब्दुल कलामका पाँच महावाणी, जसले तपाईको सोँच बदल्छ

apj-abdul-kalam
लाेकपाटी न्यूज

काठमाडौं । अब्दुल कलाम भारतका मिसाइल वैज्ञानिक तथा पूर्व राष्ट्रपति हुन् । कलामको जन्म १५ अक्टोबर, १९३१, भारतको तमिलनाडुमा भएको थियो । उनलाई डा. ए. पी.जे. अब्दुल कलामका नामले चिनिन्छ । अब्दुल कलाम भारतीय गणतन्त्रका ११ औ निर्वाचित राष्ट्रपतिका हुन् । उनी भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक, लेखक र सामाजिक अभियान्ता हुन् । कलाम अविवाहित थिए। कलाम भारतको मिसाएल कार्यक्रमको प्रमुख वास्तुकार थिए ।

यस्ता छन् उनका पाँच प्रेरणादायी भनाइ

१. सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ, सपना त्यो हो, जसले निदाउनै दिँदैन ।

२. जन्मदिन त्यस्तो दिन हो, जहाँ सन्तान रुँदा आमी औधी खुसी हुन्छिन्, त्यसपछि कुनै पनि दिन सन्तान रुँदा आफ्नी आमालाई पीडावोध हुन्छ ।

३. ‘सफ्टवेयर’को क्षेत्र सबै पर्खालहरु भत्काउनुपर्दछ, ताकि अधिकाधिक मानिस यसको उपयोगितादेखि लाभान्वित हुन सकुन्।

४. तपाईं विकास चाहनुहुन्छ भने देशमा शान्ति आवश्यक छ, शान्तिको स्थापना शक्तिदेखि हुन्छ।

५. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पूरा हुन्छ ।