योजना छनोटमा बिना मगर रोलमोडल

Bina magar-1
लाेकपाटी न्यूज

कञ्चनपुर, १ मङ्सिर । खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान बजेट विनियोजन गरेकी छिन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृसमेत रहेकी मगरले सबै स्थानीय तहमा समान बजेट बिनियोजन गरी समानताको सन्देश दिएकी हुन् ।

उनको क्षेत्रमा समान दुई–दुई नगरपालिका र गाँउपालिका रहेको छ । अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’मा चार करोड रकम विनियोजन गरेको थियो ।

चार करोड रकममध्ये मन्त्री मगरले सबै स्थानीय तहमा समान रुपमा रकम विनियोजन गरेकी जिल्ला समन्वयन समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले जानकारी दिए । तामाङका अनुसार पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई समान बजेट बिनियोजन गरेकी हुन् ।

पुनर्वास नगरपालिका

पुनर्वास लामैया नाला पुल निर्माण ४० लाख रुपैयाँ, पुनर्वास कभर्डहल निर्मण २० लाख रुपैयाँ, सहिद भवन निर्माण १० लाख रुपैयाँ, भ्यू टाउर निर्माण १० लाख रुपैयाँ, दिव्य भवन १० लाख रुपैयाँ र गैसमति चर्च १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बेलौरी नगरपालिका

बेलौरी रङ्गशाला निर्माण ५० लाख, पडाउ गाउँ कालोपत्रे १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण १५ लाख, त्रिपुरा सुन्दरी मन्दिर निर्माण १० लाख र तटबन्ध सुतियानालामा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

लालझाडी गाउँपालिका

लालझाडीमा रानाथारु होमेष्टेरबाल उद्यान निर्माणका लागि ५० लाख रुपैयाँ, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नती २५ लाख र नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बेलडाँडी गाउँपालिका

कालिकिच ताल पर्यटन प्रर्बद्धनका लागि ४० लाख रुपैयाँ, वडा नम्बर ३ मा सडक स्तरोन्नति २० लाख रुपैयाँ, सडक स्तरोन्नति १० लाख रुपैयाँ, सिमसार संरक्षण १० लाख रुपैयाँ र रामजानकी मन्दिर निर्माणका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।