नेकपामा दोस्रो तहका नेताबीच लविङ

nekapa
लाेकपाटी न्यूज

काठमाडौं, २ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दोस्रो तहका नेताले स्थायी कमिटी बैठक राख्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको महिनौँ बित्दा पनि बैठक नबोलाएपछि दोस्रो तहका नेताले बैठकका लागि लबिङ सुरु गरेका हुन्।

स्थायी समिति बैठक बस्न नसकेपछि सबै तहमा असन्तुष्टि बढ्दै गएको छ । बैठक बोलाउन पार्टी नेतृत्वलाई दबाब दिन स्थायी समिति सदस्यबीच छलफल भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल बताए । यस विषयमा शीर्ष नेतृत्वलाई जानकारी गराइसकिएको पौडेलले जानकारी दिए ।

लामो समयसम्म पार्टी गतिविधि प्रभावकारी सञ्चालन हुन नसक्दा सरकार र पार्टीबीच सम्बन्ध नरहने, स्वेच्छाचारीता बढ्ने र स्थानीय र प्रदेश सरकार समेत स्वेच्छाचारी र भ्रष्टाचार उन्मुख हुने उनको दाबी छ । नेकपाका सचिवालय सदस्य ताथ प्रवक्ता नारायणकाजी श्रेष्ठ छिट्टै सचिवालय बैठक र स्थायी समिति बैठकको मिति तय हुने बताए ।

नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट तथा प्रदेश सदस्यको नियुक्तिका लागि गठन गर्न कार्यदलले जिम्मेवारी पूरा गरिसकेको भन्दै दुई अध्यक्षले छलफलपछि बैठकको मिति तय गर्ने श्रेष्ठले बताए ।