आइएसविरोधी गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, २ मङ्सिर । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन गरेको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । मारिनेमा अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

‘इस्लामिक स्टेट (आइएस)को प्रभाव मानिने देइर अजोरको अबु हुसन ग्रामीण इलाकामा कारबाहीमा ३६ परिवारमा सदस्य मारिएका छन् । मारिनेमध्ये १७ जना बालबालिका रहेका छन्,’ सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ । मारिने सात जनाको परिचय खुल्न सकेको छैन । हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो ।

अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग उक्त क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ । सेप्टेम्बरमा अबु हुसनमा भएको कारबाहीमा भएको यो सबैभन्दा ठुलो घटना हो । सिरियामा सन् २०११ मा शुरू भएको द्वन्द्वmे तीन लाख ६० हजारको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।