एउटा कुकुर, जसको कथाले संसार हल्लायो (भिडियोसहित)

Dog
लाेकपाटी न्यूज

काठमाडौं । यतिबेला चीनको आधिकारिक सामाजिक सञ्जाल सिना वेबोमा एक भिडियो भाइरल भइरहेको छ । यसै महिना नोभेम्बर १० मा एक भिडियो अनलाइनमा सेयर भयो । जसलाई लाखौं मानिसहरुले हेरे । र, मन पराए पनि । उक्त भिडियो हेरेपछि प्रायः इमानेशनल भएका थिए । एक कुकुरको भिडियोमा एउटा कहानी स्पष्ट देखिन्थ्यो । भिडियो चीनको इनर मंगोलियामा होहोट भन्ने ठाउँको बताइएको छ ।

यस भाइरल भिडियोमा एउटा कुकुर देखिएको छ जुन सडकको छेउमा बसिरहेको छ । यस पछाडिको कहानीले सबैको मन छुन्छ । यो कुकुर सडकको छेउमा सधैँ आउँछ र आफ्नो मालिकलाई कुर्छ । तर, उसको मालिक आउँदैन । २१ अगस्ट २०१८ मा सडक दुर्घटनामा उसको मालिकको निधन भएको थियो । कुकुर ठ्याक्कै त्यही स्थानमा आएर मालिकलाई पर्खन्छ जहाँ उसको मृत्यु भएको थियो ।

सडकमा बसिरहेको उक्त कुकुरलाई मानिसहरुले आफ्नो घर लान समेत खोजे । तर, उसले मानेन । केहीले उसलाई खाना पनि खुवाउँछन् ।

कुकुर ८० दिनदेखि सडकमा आफ्नो मालिकलाई पर्खिरहेको छ । कुकुरको मालिकप्रतिको बफादारितालाई मानिसहरुले ‘स्यालूट’ गरेका छन् ।

भिडियो हेर्नुहोस् :