‘गुट उपगुटमा लाग्दा पार्टी कमजोर बन्यो’ : श्रेष्ठ

Gopalman Shrestha02
लाेकपाटी न्यूज

पोखरा, २ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् ।

नेपाली काँग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा आइतबार पोखरामा आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए ।

नेपाली जनताले एकताबद्ध सङ्गठित काँग्रेसको अपेक्षा गरेको बताउँदै उनले पार्टीको आन्तरिक सङ्गठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उनले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको बताए ।