आमा बनिन् अभिनेत्री नेहा

Neha Dhupia
लाेकपाटी न्यूज

काठमाडौं । बलिउड अभिनेत्री नेहा धूपिया आमा बनेकी छन् । खबरका अनुसार आइतबार बिहान नेहा धूपिया र अंगद बेदीको घरमा नयाँ सदस्य छोरीको आगमन भएको छ ।

पारिवारिक स्रोतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । नेहा र अंगदले यसै वर्ष विवाह गरेका थिए । नेहाले छोरीलाई मुम्बईस्थित वीमेन्स हस्पिटलमा जन्म दिएकी हुन् ।

उनी गर्भवती अवस्थामा पनि निकै सक्रिय देखिन्थिन् । उनी कार्यक्रमहरुमा पति अंगदसँगै गइरहन्थिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्