‘नागरिकताको विषयमा सुझबुझपूर्ण निर्णय आवश्यक’ : गृहमन्त्री थापा

Ram Bahadur Thapa
लाेकपाटी न्यूज

काठमाडौं, २ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई कसरी अघि बढाउने भनी आयोजना गरेको बैठकमा उनले नागरिकताको विषयलाई ठीक ढङ्गले सम्बोधन गर्न संवेदनशील र गम्भीरताका साथ छलफल गर्न जरुरी छ भने ।

गृहमन्त्री थापाले भने, ‘नागरिकताको सवालमा ठीक ढङ्गले सम्बोधन गर्न नसक्दा कैयौँ राष्ट्रको स्वाधीनता गुमेको हामीले देखेका छौँ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्