‘प्रकाशको निधन पार्टीका लागि ठूलो क्षति’ : प्रधानमन्त्री ओली

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा नेता प्रकाश दाहालको निधन पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

प्रकाश दाहालबारे सोमबार प्रकाशित पुस्तकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘म मेरा प्रिय मित्र, आदरणीय मित्र, माओवादी केन्द्रका अध्यक्ष, पूर्व प्रधानमन्त्री, पार्टी एकता समन्वय समितिका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू, उहाँका धर्मपत्नी सीता दाहाल लगायत सबैमा, सिंगै परिवारमा मेरो तर्फबाट, मेरो पार्टीको तर्फबाट र हामी सबैको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । सिङ्गै पार्टी माओवादी केन्द्रलाई एउटा ठूलो क्षति भएको छ । पार्टीप्रति पनि म समवेदना व्यक्त गर्न चाहन्छु ।’

गत वर्ष झापाको काँकडभित्तामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । ओलीको उक्त सम्बोधनको सम्पादित अंश प्रकाश दाहालको स्मृतिमा प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ ।