सुनचाँदीको बजार स्थिर

Gold
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । सोमबार सुनचाँदीको बजार स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ५८ हजार ४ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन । चाँदी आज रु. ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।