मोहनबिक्रमले प्रकाशलाई केरा दिएर फकाउनु भयो : प्रचण्ड

Prachanda
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको स्मृतिमा प्रकाशित पुस्तकमा पिता तथा नेकपाका अध्यक्ष प्रचण्डले प्रकाश नसुत्दा कम्युनिष्ट नेता मोहनबिक्रम सिंहले केरा दिएर फकाउने गरेको उल्लेख गरेका छन् ।

सोमबार प्रकाशित पुस्तकमा प्रचण्डले लेखेका छन्, ‘एकपटक तीन वर्षको नहुँदै मैले उसलाई लिएर भारतको नौतनवामा क. मोहन बिक्रम सिंहसँगको भूमिगत बैठकमा गएको थिएँ । राति उठेर ऊ रुन थालेपछि क. मोहन बिक्रम सिंहले केरा दिएर फकाई, फुल्याई सुताएको घटना मेरा लागि अविस्मरणीय रहेको छ ।’

उनले प्रकाशको बाल्यकाल निकै सङ्घर्षपूर्ण रुपमा बितेको उल्लेख गरेका छन् । प्रचण्डले पार्टीका नेताहरुको माया, ममता र सद्भावका बीच नै प्रकाश हुर्किएको स्मरण गरेका छन् ।

प्रकाशको स्मृतिमा सोमबार प्रचण्ड निवास लाजिम्पाटमा आयोजित कार्यक्रममा पुस्तक बिमोचन गरिएको हो ।