‘घरबाट निस्कँदा प्रकाश हात समातेर रुन्थ्यो’ : अध्यक्ष प्रचण्ड

Prachanda02
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । विमोचित पुस्तकमा प्रकाशका पिता तथा नेकपाका अध्यक्ष प्रचण्डले आफू घरबाट निस्कन खोज्दा प्रकाश हात समातेर रुने गरेको उल्लेख गरेका छन् ।

सोमबार खुमलटारमा आयोजित स्मृति कार्यक्रममा सार्वजनिक गरिएको पुस्तकमा प्रचण्डले लेखेका छन्, ‘प्रकाश तीन–चार वर्षको हुँदासम्म म भूमिगत रुपमा मिलाएर मात्र गाउँको घरमा जाने गर्दथें । घरमा गएको बेला बुबा फेरि गइहाल्छ कि भनेर प्रकाश भने खाना खाएर बाहिर चुठ्न जाँदासमेत मेरो हात छोड्दैनथ्यो । म बाहिर जाने थाहा पाएमा रुनु, कराउनु र पछि लाग्नु उसको विशेषता नै थियो ।’

प्रचण्डले बाल्यकालमा प्रकाश निकै मायालु स्वाभावको भएको उल्लेख गरेका छन् । प्रचण्डले प्रकाशको बाल्यकाल निकै दुखकष्टका साथ बितेको र आफूले पर्याप्त समय दिन नसकेको पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्