प्रकाशको स्मृतिमा चितवनमा वृहत रक्तदान कार्यक्रम

Blood Donation
लाेकपाटी न्यूज

चितवन, ३ मंसिर । स्व. प्रकाश दाहाल (साकार)को प्रथम स्मृति दिवस चितवनमा विशेष रुपमा मनाइएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४ संस्था मिलेर चितवनमा प्रकाश दाहाल स्मृति प्रथम खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

सोे अवसरमा १२ जना महिलासहित १ सय ३ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रकाश कडेँलले जानकारी दिए ।

नेपाली राजनीति फरक पहिचान बनाएका प्रकाशले देखेको सपना अनुसार पार्टी एक भएपछि आफूहरु सबै एकजुट हुँदै कार्यक्रम गर्न पाउँदा आफूहरु प्रकाशले देखेका बाटो अनुसार अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए ।

वाईसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) चितवनद्वारा संयुक्तरूपमा लायन्सचोक नारायणगढमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको एक समारोहका बीच नेकपाका केन्द्रीय सदस्य इश्वरी भट्टराईले उद्धघाटन गरेका थिए भने कार्यक्रममा नेकपाका जिल्ला नेता नेजेन्द्र कुमार खड्का विशेष अतिथि रहेका थिए ।

सो अवसरमा वाईसीएल चितवनका अध्यक्ष मधु न्यौपानेले रक्तदान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्