‘सरकारले ठोस योजना ल्याउन सकेन’ : डा. कोइराला

Shashanka Koirala
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिएका छन् ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले सोमबार राजधानीमा आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उनले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताए ।

‘पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ ।’ उनले भने, ‘पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।’

दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उनको आरोप छ । उनले सामाजिक सञ्जालमा भन्दा साहित्यिक कृति पढ्नमा समय दिन युवा, विद्यार्थीलाई आग्रह गरे ।

महामन्त्री कोइरालाले आदेश आचार्यले लेखेको ‘पारानोइया’ पुस्तकको विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्