दुर्घटनामा परे अभिनेता बिपिन कार्की

Bipin Karki
लाेकपाटी न्यूज

काठमाडौं, ४ मंसिर । अभिनेता बिपिन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

मंगलबार बिहान उनी कालिमाटीमा बाइक दुर्घटनामा परेका हुन् । उनी फिल्म ‘जात्रै जात्रा’को शुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै थिए । विपरीत दिशाबाट आइरहेको बाइकले उनको बाइकलाई ठक्कर दिँदा उनी दुर्घटनामा परेका हुन् ।

दुर्घटनाबाट उनको दाहिने खुट्टामा चोट लागेको छ । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण फिल्म ‘जात्रै जात्रा’को शुटिङ पनि केही समयका लागि रोकिएको छ ।