सुनसरीमा गोली चल्यो, हुसेनको हत्या

Goli
लाेकपाटी न्यूज

सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा गोली चलेको छ । गोली प्रहारबाट इँटा उद्योगमा कार्यरत व्यवस्थापकको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ६ बजे अज्ञात समूहको गोली लागि ५४ वर्षीय फिदा हुसेनको ज्यान गएको हो ।

हुसेनलाई विराटनगरस्थित नोबेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । आफ्नै उद्योगअगाडि बाइकमा आएका दुई जनाले उनलाई गोली हानेको बताइएको छ ।

प्रहरीले भने यस गोली काण्ड रहस्यमय भएको बताएको छ । घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।