‘कालिकोटबाट जनता ल्याउँछौं, जनसभा भव्य हुन्छ’

biplap maoist
लाेकपाटी न्यूज

काठमाडौं । मंसिर ८ गते काठमाडौंको शान्तिवाटिकामा नेकपा विप्लव माओवादीको आमसभामा मित्र पार्टीका रुपमा वैद्य माओवादीलगायत केही शीर्ष नेतालाई मात्रै निम्तो दिइएको जनसभा प्रचारप्रसार उपसमितिले जनाएको छ ।

विप्लव माओवादीले नेकपा र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ । जनसभामा देशैभरिबाट हजारौंको संख्यामा जनता काठमाडौं आउने आयोजक समितिको विश्वास छ ।

पुनले सरकारको नेतृत्व गरिरहेको (नेकपा) र संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई उक्त भेलाको लागि आफूहरुले निम्तो नदिएको स्पष्ट पारे ।

त्यस्तै, पार्टी प्रवक्ता ‘प्रकाण्ड’को जन्मथलो कालिकोटबाट धेरै जनताको सहभागिता रहने पनि पुनले जनाए । उनले भने, ‘प्रवक्तामाथि सरकारले जुन प्रकारको षड्यन्त्र रच्यो र गिरफ्तार गर्यो, त्यसबाट कालिकोटवासी निक्कै चुर बनेका छन्, प्रवक्ताको रिहाइको लागि धेरै सङ्घर्ष पनि गरेका छन्, कालिकोटका जनताले त यतिसम्म पनि भन्नुभएको छ, भए गाडीमा चढेर आउँछौं, नभए हिँडेर आउँछौं ।’

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुणराज लोहनी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायत उपस्थित थिए ।

जनसभा प्रचारप्रसार उपसमितिले जारी गरेको विज्ञप्तीमा जनसभामा उपस्थित हुन सबैलाई आब्हानसमेत गरिएको छ ।