स्कूल पुगेर प्रचण्डले सोधे, ‘अरुण र पत्रुशको पढाइ कस्तो छ ?’

prachanda_sajhapur_chitwan
लाेकपाटी न्यूज

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गत वर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन् ।

निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गरेका छन् ।

आज उनीहरु पढिरहेको साझापुर मावि पुगेर उनले आफूले अभिभावकत्व ग्रहण गरेको बालकहरुको खाजा, कपी किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्रीबारे जिज्ञासा राखे । गतवर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरिका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ । साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्