उकालो लाग्दै सुनचाँदीको भाउ

Gold
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर । बिहीबार सुनचाँदीको बजार केही उकालो लागेको छ । आज सुन तोलामा रु. सयले बढेको छ भने चाँदी पनि तोलामा रु. पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ५८ हजार १ सयमा किनबेच भइरहेको छ ।

चाँदी आज बजारमा तोलाको रु. ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।