यस्तो छ आजको विदेशी मुद्रा विनिमयदरको अवस्था

Foreign currency
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका अनुसार युरो एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेका छ भने बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ ।

उता अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर ८२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज मलेसियन रिंगट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रीदर २७ रुपैयाँ ३३ पैसा रहेको जनाइएको छ ।
यस्तो छ आजको विनिमयदरको अवस्था :

Exchange rate