‘सारेगमपा’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

Menuka paudel
लाेकपाटी न्यूज

बनियानी, ६ मंसिर । भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु. ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् ।

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए ।