‘प्रचण्डजीमा हाम्फाल्ने र युटर्न गर्नसक्ने खुबी छ’ : कृष्णप्रसाद सिटौला (अन्तर्वार्ता)

krishna-prasad-sitoula
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रिया निर्माण र गणतन्त्र स्थापनाका लागि प्रचण्डले गरेको योगदान इतिहासले कहिल्यै नभुल्ने बताएका छन् ।

प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा सिटौलाले भनेका छन्, ‘प्रचण्डजी नभएको भए हामी यहाँ आउने नै थिएनौं । शान्ति प्रक्रियाका लागि उहाँले जुन भूमिका खेल्नुभो, जसरी गणतन्त्रको स्थापनामा लाग्नुभो, त्यो धेरै ठूलो कुरा हो । प्रचण्डजीको योगदान इतिहासले भुल्दैन ।’

‘प्रचण्डजी नभएको भए शान्ति सम्झौता हुने थिएन । शान्ति सम्झौतामा उहाँको निर्णायक भूमिका छ’ सिटौलाले भनेका छन्, ‘उहाँ प्रतिभाशाली नेता हो, युटर्न गर्न पनि सक्नुहुन्छ, हाम फाल्न पनि सक्नुहुन्छ । गीरिजाबाबूको अवसानपछि प्रचण्डजीले शान्तिको एक्लै नेतृत्व गर्नुभयो ।’

‘युद्ध कायम रहेकै भए भयावह स्थिति आउँथ्यो । त्यो स्थिति कायम रहेको भए परिस्थिति धेरै अप्ठ्यारो हुन्थ्यो’ सिटौलाले भनेका छन्, ‘हिजोको विद्रोही पार्टी नै आजको सत्ताको प्रमूख पार्टी बनेको छ । प्रचण्डजी प्रमूख नेता हुनुहुन्छ, यो खुसीको कुरा हो । आज सत्तापक्ष र विद्रोही राजनीतिको मुलधारमा छौं र फरक ढङ्गले क्रियाशील छौं ।’

हिजोको विद्रोही नेता नै आज सत्ताधारी दलको प्रमूख नेता हुनुहुन्छ । शान्ति प्रक्रियालाई उत्कर्षमा पुर्याउन प्रचण्डजीको योगदान नै मूख्य हुन्छ । शान्ति प्रक्रियालाई पूर्णतः सार्थक पार्न सत्तापक्ष र प्रतिपक्ष सँगै जानुपर्छ । सुन्नुस्, सिटौलाको अन्तर्वार्ता ।