राष्ट्रिय परिचय पत्रका फाइदा के–के हुन् ?

Arjun Bhandari
राज्यलाई आफ्ना नागरिक कति छन्, कुन अवस्थामा छन् ? कर कतिले तिरे, कुन पेशामा छन् आदिजस्ता जनसाङ्खिक बिवरण तत्काल थाहा हुन्छ ।
लाेकपाटी न्यूज

– अर्जुन भण्डारी

ट्राफिक प्रहरी – (सडकमा एउटा मोटरसाइकल रोक्दै), ए भाइ बिलबुक, लाइसेन्स छ ? यात्रु – सर छैन, आज अफिस आउन हतार भो, घरमै बिर्सेछु । ट्राफिक प्रहरी – त्यसो भनेर हुँदैन, रू. १ हजारको चिट काटिहाल्नुस् ।

यस्तै दिनहुँ सुन्न पाइन्छ शहरका प्रत्येक सडकहरूमा । के लाइसेन्स कहिलेकाहीँ नबोक्दैमा नागरिक अपराधस्वरूप सजायको भागिदार बन्न सक्छ त ? अहँ, यस्तो प्रणाली जायज होइन ।

अर्को विषय, हामी सेवाग्राहीको रूपमा राहदानी कार्यालय, बैंक, मालपोत, लाइसेन्स, नागरिकता बनाउन वा कुनै सिफारिस लिन हरेक ठाउँमा समान किसिमको निवेदन वा अन्य कागजात पेश गर्दछौं । प्रत्येक कार्यालयमा एकै प्रकृतिका कागजातहरू पेश गरिरहनुपर्ने हो त ? अहँ त्यसो हुँदै होइन ।

यदी हरेक नागरिकका व्यक्तिगत सूचनाहरू राष्ट्रिय प्रणालीमा डिजिटाइज्ड हुने हो भने यस्तो समस्या पक्कै आउँदैन । अहिले राष्ट्रिय परिचय पत्रको सवाल उठिरहेको छ । नागरिकता, राहदानी, निर्वाचन मतदाता परिचय पत्र, करदाता परिचय पत्र, ड्राइभिङ लाइसेन्स हुँदै गर्दा किन राष्ट्रिय परिचय पत्र ? भन्ने पनि चर्चा छ । राष्ट्रिय परिचय पत्र मैले यदी बुझेको रैछु भने हरेक व्यक्तिको नागरिकता, राहदानी लगायत लाइसेन्स, जग्गाधनी पूर्जा सहितका व्यक्तिको राष्ट्रिय कोड नम्वरसहित व्यक्तित विवरणहरू डिजिटलमा रहन्छन् ।

अब यसको एक्टिभेसन र कार्यान्वयनको पाटो महत्वपूर्ण हो । राष्ट्रिय परिचय पत्रलाई राष्ट्रिय सञ्जालमा राज्यका सबै निकाय (मालपोत, अध्यागमन, जिल्ला प्रशासन, बैंक, अस्पताल, खानेपानी, विद्यालय, यातायात, कर कार्यालय, प्रहरी, ट्राफिक आदी) सँग अनिवार्य डिजिटल कनेक्सन गर्नुपर्छ । मोवाइल एप बनाई व्यक्तिको कोडको आधारमा जुनसुकै स्थानमा कम्प्युटर अनि मोवाइलवाट पनि हेर्न सकिने र कागजातहरू डिजिटल रूपमै उपलव्ध गर्न सकिने व्यवस्था गर्न सकिन्छ ।

यसबाट राज्य वा नागरिकले धेरै फाइदा लिन सक्छन् । सेवा प्रवाहमा ज्यादै सरलता हुन्छ । यसबाट हुने मुख्य फाइदाहरू यी हुन्ः १. नागरिकलाई कार्यालयपिच्छे एकै प्रकारका कागजातहरू पेश गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ । २. राज्यलाई आफ्ना नागरिक कति छन्, कुन अवस्थामा छन् ? कर कतिले तिरे, कुन पेशामा छन् आदिजस्ता जनसाङ्खिक बिवरण तत्काल थाहा हुन्छ ।

३. व्यक्तिको कोड नम्वरसहित बिवरण डिजिटल डाटामा सबै सरकारी निकायमा जोडिने हुनाले अपराध नियन्त्रणमा धेरै सहयोग पुग्छ ।

४. माथि भनेजस्तो ट्राफिक प्रहरीले बाटो जाम गराई लाइसेन्स नहुँदा जरिवाना सडकमा काट्न पर्दैन । कोड नम्वरबाट हेर्न सकिन्छ र लाइसेन्स नै रजिष्ट्रेशन नगरी चलाएको रहेछ भने पनि मोटरसाइकल डोर्याउँदै प्रहरीले लिने झन्झट हुँदैन । जरिवाना व्यक्तिको बिवरणमै उल्लेख गर्न सकिन्छ ।

५. कर तिरेको, जरिवाना तिरे नतिरेको बिवरणमै उल्लेख गरिने र त्यो नतिर्दासम्म राज्यबाट उपलब्ध हुने अर्को सेवा सुविधाबाट बञ्चित गर्न सकिन्छ । पहिला त यसको लागि ईच्छाशक्ति, ज्ञान चाहियो ।

licences

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्